कोरियाबाट बर्दियाको ग्रामीण विकासका लागि एक अर्ब आठ करोडको अनुदान
काठमाडौं–समावेशी ग्रामीण विकासलाई प्रवर्द्धन गर्न गणतन्त्र कोरियाले बर्दिया जिल्लाका लागि एक अर्ब आठ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ।
आज राजधानी काठमाडौंमा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र नेपालका लागि कोरियाली राजदूत पार्क थेयङबीच अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ।
अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका अनुसार, अनुदानबाट बर्दियाको ग्रामीण क्षेत्रको समावेशी तथा दिगो विकास, पूर्वाधार सुदृढीकरण, सामाजिक सेवामा पहुँच र आयआर्जनमा वृद्धि हुने अपेक्षा गरिएको छ।
सरकारले उक्त परियोजना ग्रामीण विकासमा ‘मोडेल कार्यक्रम’का रूपमा कार्यान्वयन गर्ने तयारी गरिरहेको बताइएको छ।












