माँ भाटभटेनी संस्थाद्वारा सीपमूलक तालिम समापनसँगै पूजापाठ तथा क्षमा याचनाको विशेष कार्यक्रम सम्पन्न
काठमाडौं–सामाजिक रूपान्तरण तथा सीप विकासमा सक्रिय माँ भाटभटेनी संस्थाद्वारा चाबहिलस्थित S.R. Banquet मा आयोजना गरिएको विभिन्न व्यावसायिक सीपमूलक तालिमहरूको समापन समारोह पछि हाडिगाउस्थित भाटभटेनी मन्दिरमा एक विशेष धार्मिक तथा सामाजिक कार्यक्रम सम्पन्न गरिएको छ।


उक्त विशेष समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री माननीय राजेन्द्र लिङ्देन प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा भाटभटेनी माताको पूजा, क्षमा याचना तथा प्रसाद ग्रहण कार्यक्रम गरिनुका साथै सामाजिक सद्भाव र आध्यात्मिक एकताको सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रममा संस्थाकी अध्यक्ष मधु कुमारी थापा श्रेष्ठ, सचिव तथा कार्यक्रम संयोजक सबिना प्रजापति, उपाध्यक्ष , कोषाध्यक्ष लगायत अन्य पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रममा मन्तव्य दिँदै प्रमुख अतिथि लिङ्देनले संस्थाले सामाजिक तथा आर्थिक रूपान्तरणका क्षेत्रमा पुर्याउँदै आएको योगदानको खुलेर प्रशंसा गर्दै आगामी दिनहरूमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनु भयो। विशेष अतिथि माननीय राजेन्द्र प्रजापतिले पनि संस्थाको सकारात्मक क्रियाकलापप्रति प्रशंसा व्यक्त गर्दै समाजसेवाको यात्रामा सधैं साथ रहने आश्वासन दिनुभयो।
कार्यक्रमको समापनमा अध्यक्ष थापा श्रेष्ठले प्रमुख तथा विशेष अतिथिहरूप्रति आभार व्यक्त गर्दै संस्थाको समर्पण र उद्देश्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सचिव सबिना प्रजापतिले संस्थाको हालसम्मका सामाजिक कार्यहरू तथा आगामी योजनाहरूको संक्षिप्त विवरण प्रस्तुत गर्नु भयो।
उक्त अवसरमा संस्थाले बानेश्वरस्थित ‘’अनमोल बाल विकास गृहका’’ बालबालिकाहरूलाई प्रसाद तथा भोजन वितरण गरी समापन समारोहलाई अझ सामाजिक रूपमा अर्थपूर्ण बनाइएको थियो।














