सांसद ज्ञानेन्द्र शाहीको टिप्पणी : ‘न्याय नपाए गोरखा जानु, भ्रष्टाचार गर्न नपाए ओलीको क्याविनेटमा आउनु’ – Sagarmathapana:: Online News Portal

सांसद ज्ञानेन्द्र शाहीको टिप्पणी : ‘न्याय नपाए गोरखा जानु, भ्रष्टाचार गर्न नपाए ओलीको क्याविनेटमा आउनु’

   २०८२ असार ३१ गते  

काठमाडौं।राप्रपाका सांसद ज्ञानबहादुर शाहीले ‘न्याय नपाए गोरखा जानु, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याविनेटमा आउनु’ भन्दै सरकारको आलोचना गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद शाहीले घुस प्रकरणको अडियो नै बाहिर आउँदासमेत राजकुमार गुप्तामाथि कारबाही नभएको भन्दै सरकार र अख्तियारको भूमिकामाथि प्रश्न उठाए ।

गुप्ताले मन्त्री पदबाट राजीनामा दिँदैमा यो केसमा समस्या समाधान नहुने भन्दै शाहीले गुप्तामाथि कारबाहीको माग गरे । उनले भने,‘मन्त्रीले राजीनामा दिँदैमा समस्या समाधान हुन्छ ? मन्त्रीलाई तत्काल पक्राउ गरियोस र छानबिन गरियोस ।’ उनले नेपाल सगरमाथा र भगवान गौतम बुद्धको देश भनेर चिनिएकोमा अब भ्रष्टाचारीहरुको पनि देश हो भनेर नाम लेखाउन सरकारलाई भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै