घुस प्रकरणमा मुछिएका गुप्ताको सांसद पद नै खारेज गर्नुपर्छः पूर्णबहादुर घर्ती – Sagarmathapana:: Online News Portal

घुस प्रकरणमा मुछिएका गुप्ताको सांसद पद नै खारेज गर्नुपर्छः पूर्णबहादुर घर्ती

   २०८२ असार ३१ गते  

काठमाडौं।नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले घुस अडियो प्रकरणमा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएरमात्रै नपुग्ने बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले गुप्ताको सांसद पद नै खारेज गरिनुपर्ने बताएका हुन् ।

‘भर्खरै मन्त्रीबाट राजीनामा दिएको सुन्नमा आएको छ । उहाँ दोषी हुनु्हुन्छ भने मन्त्रीबाट राजीनामा होइन, सांसद पद नै खारेज गर्नुपर्छ । जनताले सांसद र मन्त्रीलाई घुस खानको लागि नियुक्त गरेका होइनन्,’– उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै