गुराँस नानीको प्रतिभामा मोहित भएर ५० हजार पारिश्रमिकमा भिडियोमा खेलाएँ : दुर्गेश थापा – Sagarmathapana:: Online News Portal

गुराँस नानीको प्रतिभामा मोहित भएर ५० हजार पारिश्रमिकमा भिडियोमा खेलाएँ : दुर्गेश थापा

   २०८२ असार ३० गते  

काठमाडौँ-लोकप्रिय गायक तथा मोडल दुर्गेश थापाले पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेकी ‘गुराँस नानी’लाई आफ्नो नयाँ म्युजिक भिडियोमा अभिनय गराएका छन्। थापाले गुराँस नानीको प्रतिभा देखेर उनलाई गाउँबाट नै बोलाएर ५० हजार रुपैयाँ पारिश्रमिक प्रदान गर्दै भिडियोमा अवसर दिएको खुलासा गरेका छन्।

“गुराँस नानीसँग साँच्चिकै प्रतिभा छ,” थापाले भने, “उहाँ अन्य भाइरल व्यक्तिहरूभन्दा बिल्कुलै फरक हुनुहुन्छ – रिजर्भ र सरल। हामीले उहाँको सेलिब्रेटी बन्ने सपनामा साथ दिएका हौं। अब भविष्यमा उहाँ आफैंले आफ्नो संघर्ष गर्नुपर्छ।”

थापाले नयाँ पुस्तालाई अवसर दिने र प्रतिभा पहिचान गर्न सदैव तत्पर रहेको उल्लेख गरे। ‘गुराँस नानी’ सँगको सहकार्य सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ। दर्शकले समेत भिडियोमा देखिएको उनको अभिनय र स्वाभाविक प्रस्तुतिलाई प्रशंसा गरेका छन्।

गुराँस नानीलाई “Wish you a very bright future ahead” भन्दै सामाजिक सञ्जालमा बधाई दिनेहरूको ओइरो लागेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै