नेपाल बौद्धिक परिषद्को पत्रकार सम्मेलन सम्पन्न,आगामी रणनीति सार्वजनिक – Sagarmathapana:: Online News Portal

नेपाल बौद्धिक परिषद्को पत्रकार सम्मेलन सम्पन्न,आगामी रणनीति सार्वजनिक

   २०८२ असार ३० गते  

काठमाडौं-नेपाल बौद्धिक परिषद्को केन्द्रीय समितिद्वारा आयोजित पत्रकार सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। सम्मेलनमा देशको समृद्धि, सामाजिक न्याय र वैज्ञानिक विचारधाराको प्रवर्द्धनलाई केन्द्रमा राखेर परिषद्को आगामी कार्ययोजना तथा रणनीति सार्वजनिक गरिएको हो।

पत्रकार सम्मेलनमा “समृद्ध नेपाल, सुखी नेपाली” अभियानलाई अझ व्यापक बनाउने उद्देश्यसहित मार्क्सवादी स्कुल सञ्चालन, दक्षिण एसियाली बौद्धिक सम्मेलन आयोजना, सामाजिक अनुसन्धान कार्यक्रम, ‘बौद्धिक आवाज’ प्रकाशन, पाँच प्रदेशीय अधिवेशन, र राष्ट्रिय बौद्धिक व्यक्तित्वहरूको सूची निर्माण जस्ता बहुआयामिक कार्यक्रम घोषणा गरिएको छ।

परिषद्ले नेकपा (एमाले) लाई समृद्ध नेपालको प्रमुख शक्ति भन्दै पार्टीसँग वैचारिक तथा कार्यगत सहकार्य विस्तार गर्ने समेत जानकारी गराएको छ।

परिषद्को प्रचार सचिव डा. टिका ढकालले पत्रकार सम्मेलनमा परिषद्को तर्फबाट तयार पारिएको प्रेस विज्ञप्ति प्रस्तुत गर्दै भने,

“सकारात्मक सोच नै सुखी नेपालीको आधार हो। आर्थिक र सामाजिक रूपान्तरण बुद्धिजीवीको कर्तव्य हो भन्ने नारा सहित परिषद् अघि बढ्नेछ।”

उनले २०८२ जेठ १७–१८ गते सम्पन्न ११औँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको तर्फबाट तयार गरिएको योजना र मार्गरेखा सार्वजनिक गरेका थिए।

डा.ढकालका अनुसार सम्मेलनले नेपाल बौद्धिक परिषद्को आगामी भूमिका, नेकपा (एमाले) को विचार र कार्यदिशा, तथा देशको समृद्धिको यात्रामा बुद्धिजीवीहरूको सक्रिय भूमिकाबारे स्पष्ट कार्यदिशा तय गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै