नयाँ गीत ‘मलाई तिमी मन पर्यो’ सार्वजनिक, वर्षा शिवाकोटी फिचर्ड भिडिओमा प्रोसेस र मेलिनाको सहकार्य – Sagarmathapana:: Online News Portal

नयाँ गीत ‘मलाई तिमी मन पर्यो’ सार्वजनिक, वर्षा शिवाकोटी फिचर्ड भिडिओमा प्रोसेस र मेलिनाको सहकार्य

   २०८२ असार २९ गते  

काठमाडौं।लोकप्रिय गायिका मेलिना राई, गायक खेम सेञ्चुरी र प्रोसेस पाण्डेको स्वरमा सजिएको नयाँ गीत ‘मलाई तिमी मन पर्यो’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ।

गीतकार नेत्र अर्यालको रचना र खेम सेञ्चुरीको संगीतमा तयार पारिएको यस गीतको भिडियोमा चर्चित नायिका वर्षा शिवाकोटी विशेष आकर्षणका रूपमा प्रस्तुत भएकी छन्। उनीसँगै खेम सेञ्चुरी, प्रोसेस पाण्डे र ओबी रायमाझीको अभिनय रहेको भिडिओलाई शिब विक ले कोरियोग्राफ गरेका छन्।

भिडिओ शुभारम्भ डिजिटल म्युजिकको युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो। सार्वजनिक भएको छोटो समयमा नै भिडिओले उल्लेखनीय चर्चा बटुलिरहेको छ। अहिलेसम्म १ लाख १५ हजारभन्दा बढी दर्शकले भिडिओ हेरेर प्रतिक्रिया जनाइसकेका छन्।

गीतमा प्रेम, आकर्षण र आधुनिक शैलीको समिश्रण गरिएको छ, जसले युवापुस्तालाई आकर्षित गरिरहेको देखिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै