सन्दीप भुसालद्वारा एनआरएनए नर्दर्न टेरिटोरीको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा – Sagarmathapana:: Online News Portal

सन्दीप भुसालद्वारा एनआरएनए नर्दर्न टेरिटोरीको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

   २०८२ असार २९ गते  

काठमाडौं।गैर आवासिय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुषालले नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा उम्मेद्‍वारी घोषणा गरेका छन्।

विगत एक दशकदेखि अष्ट्रेलियाका विभिन्न राज्यमा रहेर आर्थिक व्यबस्थापनको पाटोमा अनुभव बटुलीसकेका भुषालले नेपाली समुदायका लागि केही नयाँ कार्यक्रम लागू गर्ने उदेश्यका साथ उम्मेद्‍वारी घोषणा गरेको बताए।

लामो समयदेखि स्वयम सेवकको काम गरी समुदायको बिचमा लोकप्रियता हाँसिल गरेका उनले उक्त पदलाई थप मर्यादित, जिम्मेवार र उत्तरदायी बनाउने कुरामा जोड दिएका छन्।

उनको उम्मेद्‍वावारीलाई एनआरएनए नर्दन टेरोटोरीका पूर्व तथा वर्तमान कार्यसमितिका सदस्यले स्वागत गरेका छन्। नर्दन टेरीटोरीमा अध्यक्ष पदका लागि भवानी पौडेल, उपाध्यक्षमा रविन भुषाल, सचिवमा आकाश बुढाथोकी तथा युथ कोअर्डिनिडेरमा अनुपम ढुंगाना बलियो दाबेदारका रुपमा देखिएका छन्।

नर्दन टेरीटोरी राज्यमा १२ जुलाईमा उम्मेद्‍वारी दर्ताको कार्यक्रम रहेको छ। त्यस्तै २६ जुलाईमा एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका निर्वाचन हुँदैछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै