पशुपति शमशेर नागरिक अभिनन्दन तथा जनसम्मानबाट सम्मानित भयका छन् – Sagarmathapana:: Online News Portal

पशुपति शमशेर नागरिक अभिनन्दन तथा जनसम्मानबाट सम्मानित भयका छन्

   २०८२ असार २७ गते  

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य पशुपति शमशेर जबरा नागरिक अभिनन्दन तथा जनसम्मानबाट सम्मानित भएका छन् । काठमाडौंको प्रज्ञा भवनमा शुक्रबार विभिन्न संघ संस्थाहरुले विशेष समारोहकाबीच जबराको ८४औं जन्मोत्सवको अवसरमा उनलाई सम्मान गरिएको हो । जबराले नेपालको राजनीति, सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनलाई जनसम्मान गरिएको हो ।

जनसम्मान कार्यक्रम विभिन्न ५० ओटा संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेका हुन् । सम्मान ग्रहणपछि सांसद पशुपति शमशेर जबराले विभिन्न कालखण्डमा आफूले गरेका कामको स्मरण गरे । १२ बर्षको उमेरमै बुवा गुमाएपनि उनले देखाएको बाटो पच्छ्याउदै देशको सेवा गर्न आफू अहोरात्र खटिएको जवराले दाबी गरे ।

उनले चुनाव जितेर मन्त्रीसमेत भई जनताको सेवामा निरन्तर लागेको जिकिर गरे । उनले आफ्नो वंश परम्परा पनि राजनीति नै रहेको बताए । आफू दरबारिया सुख सयलमा हुर्किएको र त्यसबेलाको राजनीति गर्न अत्यन्त कठिन रहेको स्मरण गरे । आफूले मुलुकको सम्पूर्ण क्षेत्र डुल्ने मौका पाएको र नेपाली जनताको सुखदुःख बुझ्ने कोशिस गरेको बताए । आफ्नो जीवनको सबैभन्दा बढी उर्जाशील समय राजनीति नै रहेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पशुपति समशेर जबरा नेपालको राजनीति जान्न चाहने विद्यार्थीका लागि खुला विश्वविद्यालय भएको बताए । उनले आज आफूहरुका लागि खुशी र गौरवको दिन भएको बताउँदै यो गौरव नेपाली राजनीतिक क्षेत्रमा लागेका सबैको लागि भएको बताए ।

उनले जबराले ६ दशकसम्म निरन्तर अविचलित रुपमा सार्वजनिक पदमा रुपमा सक्रिय भएर काम गर्नुभएको उल्लेख गरे । जबराले पञ्चायत, बहुदलीय र अहिलेको गणतन्त्रमा समेत मुलुकको राजनीतिमा अग्रणी भूमिका निर्वाह गरिरहेको बताए ।

जनसम्मान मूल समारोह समितिका अध्यक्ष नवीन शाहीले पशुपति शमशेरले नेपाली राजनीति, संस्कृति र राष्ट्रसेवामा दीर्घकालीन योगदान पुर्याएको भन्दै प्रशंशा गरे ।

पशुपति शमशेर जबरा एउटा ज्यूदो इतिहास भएको भन्दै सामाजिक, आर्थिक, शैक्षिक र हरेक क्षेत्रमा उनको ठूलो योगदान रहेको बताए ।

जबराले लामो राजनीतिक जीवनमा नेपालको लोकतान्त्रिक विकास, राष्ट्रिय एकता, संविधानवाद, र समावेशी समाज निर्माणका लागि पुर्याएको योगदान अत्यन्त मूल्यवान् रहेको सम्मान गर्न पुगेका सहभागिहरुले जनाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै