जलविद्युत विकासमा निजी लगानीका लागि अनुकूल नीति ल्याउँदैछौं : अर्थमन्त्री पौडेल – Sagarmathapana:: Online News Portal

जलविद्युत विकासमा निजी लगानीका लागि अनुकूल नीति ल्याउँदैछौं : अर्थमन्त्री पौडेल

   २०८२ असार २७ गते  

काठमाडौं।अर्थमन्त्री विष्णु पौडेलले जलविद्युत्को क्षेत्रलाई प्रोत्साहन गर्न निजी क्षेत्रको लगानी बढाउन अनुकूल नीति निर्माण गरिने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा आयोजित ‘बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम’मा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।

उनले पछिल्लो समय चर्चा आएको ‘टेक एन्ड पे’ मोडेल फिर्ता लिइसकिएको स्पष्ट गर्दै ऊर्जा विकासमा समावेशी र दीर्घकालीन सोच आवश्यक भएको उल्लेख गरे।

“बजेटमा टेक एन्ड पेको विषय धेरै चर्चामा रह्यो। क्रियाप्रतिक्रियाको विषय बन्यो। त्यो अब फिर्ता लिइसकेका छौं,” मन्त्री पौडेलले भने, “नेपालमा जलस्रोतको अपार सम्भावना छ। त्यसलाई अधिकतम सदुपयोग गर्न निजी क्षेत्रलाई आकर्षित गर्न अनुकूल नीति ल्याउँदैछौं।”

उनले विद्युत् उत्पादन मात्रै नभइ यसको खपत, व्यवस्थापन र निर्यातको व्यवस्था मिलाउनुपर्नेमा पनि जोड दिए। मन्त्री पौडेलले जलविद्युत्को माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

टेक एन्ड पे मोडेल फिर्ता लिइएको घोषणा जलविद्युतमा निजी लगानी भित्र्याउन अनुकूल नीति निर्माणको तयारी उत्पादन मात्र नभई खपत र निर्यात व्यवस्थापनमा पनि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै