दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योल पुनःपक्राउ,विद्रोहको आरोपमा जेल चलान – Sagarmathapana:: Online News Portal

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योल पुनःपक्राउ,विद्रोहको आरोपमा जेल चलान

   २०८२ असार २७ गते  

काठमाडौं– दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई विद्रोह प्रयास गरेको अभियोगमा पुनः पक्राउ गरिएको छ। राजधानी सिओलस्थित केन्द्रीय जिल्ला अदालतले पक्राउ अनुमति दिएपछि उनलाई सरकारले नियन्त्रणमा लिएको हो।

अदालतका अनुसार योलले प्रमाण नष्ट गर्ने जोखिम उच्च रहेको भन्दै पक्राउ पुर्जी जारी गरिएको थियो। उनले सन् २०२४ डिसेम्बरमा गरिएको ६ घण्टाको ‘मार्शल ल’ (सैन्य शासन) घोषणा प्रयाससँग जोडिएका विद्रोह, शक्ति दुरुपयोग, सरकारी कागजात फर्जीकरण लगायत पाँचवटा गम्भीर अभियोगमा अनुसन्धान भोगिरहेका छन्।

बुधबार भएको ७ घण्टाको लामो सुनुवाइपछि अदालतले उनलाई हिरासतमा राख्न आदेश दिएको हो। यसअघि जनवरी २०२५ मा उनलाई पहिलोपटक पक्राउ गरिएको थियो, तर दुई महिनापछि अदालतले प्रमाणको अभावमा रिहा गरेको थियो।

यदि योलमाथि लागेको सैन्य कू प्रयास पुष्टि भएमा उनलाई आजीवन कारावास वा मृत्युदण्ड हुन सक्ने सम्भावना कोरियाली सञ्चार माध्यमले जनाएका छन्।

पूर्वराष्ट्रपति योलका समर्थकहरू यो घटनालाई राजनीतिक बदला भन्दै विरोध गरिरहेका छन् भने आलोचकहरू भने कानूनको शासनको पक्षमा ठहर गर्दै स्वागत गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै