जसपा नेपालले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने – Sagarmathapana:: Online News Portal

जसपा नेपालले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने

   २०८२ असार २५ गते  

काठमाडौं-उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले संसदीय दलको बैठक बोलाएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनको लागि औपचारिक निर्णय लिन लागेको हो । अध्यक्ष उपेन्द्र यादवले आज बुधबार संसदीय दलको बैठक बोलाएका छन् ।

जसपा नेपालले यसअघि नै कार्यकारिणी समितिको बैठकमार्फत सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको छ। तर, यसको औपचारिक निर्णय लिनको लागि संसदीय दललाई निर्देश गरेको थियो । सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टीले भने सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नाउपा अहिले संसद्मा विपक्षी रो’ मा बस्न थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै