गणेश केसीको एनआरएन न्यु साउथ वेल्स उप संयोजकमा उम्मेदवारी घोषणा
सिड्नी,अस्ट्रेलिया।गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको आगामी कार्यकालको लागि न्यु साउथ वेल्स (NSW) उप संयोजक पदमा समाजसेवी गणेश केसीले उम्मेदवारी दिएका छन्।
लामो समयदेखि अस्ट्रेलियामा रही सामाजिक सेवामा सक्रिय रहँदै आएका केसीले नेपाली समुदायका हकहित र समस्यालाई केन्द्रमा राखी संस्थालाई अझ प्रभावकारी र सहभागीमुखी बनाउन आफूले उम्मेदवारी दिएको बताए।
“समाजका आवश्यकता र आवाजलाई संस्थागत रूपमा उठान गर्ने जिम्मेवारी मैले लिएको छु,” केसीले भने, “समय पर्नासाथ तपाईँहरुको साथ, सहयोग र सल्लाहको अपेक्षा गरेको छु।”
केसीले आफू सधैं नेपाली समुदायका समस्या समाधानका लागि अग्रसर रहने र संस्थाको माध्यमबाट सकारात्मक परिवर्तन ल्याउने प्रतिवद्धता जनाए।













