चर्चित कलाकार लक्ष्मी श्रेष्ठको निधन – Sagarmathapana:: Online News Portal

चर्चित कलाकार लक्ष्मी श्रेष्ठको निधन

   २०८२ असार २० गते  

काठमाडौं।नेपाली टेलिभिजनका चर्चित हास्य टेलिसिरियल ‘मेरी बास्सै’ बाट ‘अप्सरा आमा’ का रूपमा घर–घरमा चिनिएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ।

परिवार स्रोतका अनुसार केही महिनादेखि बिरामी रहँदै आएकी श्रेष्ठले शुक्रबार राति अन्तिम सास लिएकी हुन्।

श्रेष्ठ स्तन क्यान्सरलगायतका रोगबाट पीडित थिइन् र पछिल्ला केही सातादेखि ओछ्यानमै थलिएकी थिइन्।

लामो समयदेखि नेपाली मनोरञ्जन क्षेत्रमा सक्रिय श्रेष्ठले ‘मेरी बास्सै’ मा धुर्मुस (सीताराम कट्टेल) द्वारा अभिनीत पात्र ‘खड्काजी’की छुच्ची स्वभावकी श्रीमती ‘अप्सरा आमा’को भूमिकाबाट विशेष चर्चा बटुलेकी थिइन्।

श्रेष्ठले ‘मेरी बास्सै’ बाहेक ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ जस्ता लोकप्रिय टेलिसिरियलहरूमा अभिनय गरेकी थिइन्। साथै, उनले ‘लक्का जवान’ जस्ता चलचित्र र धेरै म्युजिक भिडियोहरूमा समेत आफ्नो अभिनय प्रस्तुत गरेकी थिइन्।

श्रेष्ठप्रति कलाकार, शुभचिन्तक र दर्शकहरूले गहिरो श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै