न्युरोडमा सडक पार्किङमा कडाइ : व्यवसायी आन्दोलित – Sagarmathapana:: Online News Portal

न्युरोडमा सडक पार्किङमा कडाइ : व्यवसायी आन्दोलित

   २०८२ असार २० गते  

काठमाडौं—काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा सडकमा सवारी पार्किङ गर्न नपाइने नीतिलाई कडाइका साथ लागू गर्दै गएको छ। बिहीबार दिउँसो २ बजे नगरप्रहरी टोली न्युरोडस्थित ताम्राकार हाउस अगाडि पार्किङ गरिएका सवारीसाधनहरूमा ह्वील लक लगाउन पुगेपछि व्यवसायीहरू आक्रोशित बनेका छन्।

पार्किङ नपाउने भन्दै व्यवसायीहरूले सटर बन्द गरेर आन्दोलित स्वर उठाए। उनीहरूले न्युरोड क्षेत्रमा व्यवसाय सञ्चालनमा असहज भएको गुनासो गरे।

नगरप्रहरी प्रमुख राजुनाथ पाण्डे ले न्युरोडको सडक सार्वजनिक प्रयोगका लागि हो भन्ने भन्दै सडकमा पार्किङ गर्न नपाइने स्पष्ट पारे। उनले भने, “काठमाडौं मल, धरहरा लगायतका क्षेत्रमा पार्किङ स्थानहरू छन्। सडकमा पार्किङ गरेर अनावश्यक होहल्ला गर्नु आवश्यक छैन। सबैलाई सडकमा पार्किङ गर्न दिइयो भने के हालत हुन्छ कल्पना गर्नुस्।”

महानगरपालिकाले ‘पिक एन्ड ड्रप’ प्रणालीअनुसार मात्र सवारी रोक्न पाइने व्यवस्था कार्यान्वयन गरिरहेको बताउँदै पाण्डेले सडकमा पार्किङ गरे तत्काल कारबाही गरिने चेतावनी दिए।

महानगरले सार्वजनिक स्थलको सुचारु सञ्चालनका लागि नीति कार्यान्वयनमा कुनै धम्की वा दबाब नमान्ने स्पष्ट संकेत दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै