दुबईमा पहिलो पटक गायक कुमा सागर र ख्वप ब्यान्डको भव्य लाइभ कन्सर्ट —टिकट बिक्री अन्तिम चरणमा, – Sagarmathapana:: Online News Portal

दुबईमा पहिलो पटक गायक कुमा सागर र ख्वप ब्यान्डको भव्य लाइभ कन्सर्ट —टिकट बिक्री अन्तिम चरणमा,

   २०८२ असार १८ गते  

काठमाडौं।संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा हुन लागेको गायक कुमा सागर र लोकप्रिय ख्वप ब्यान्डको लाइभ साङ्गीतिक कार्यक्रमका लागि टिकट बिक्री अन्तिम चरणमा पुगेको छ। करिब ३ हजार टिकट बिक्री गर्ने लक्ष्य राखिएकोमा अधिकांश टिकट बिक्री भइसकेको र अब सीमित टिकट मात्र बाँकी रहेको कार्यक्रम संयोजक भीम मल्ल ठकुरीले जानकारी दिएका छन्।


गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष समेत रहेका ठकुरीको संयोजकत्वमा र अनिल गुरुङको उपसंयोजनमा यो कार्यक्रम तेस्रो गोर्खा साँझ अन्तर्गत आयोजना हुँदैछ। दुबईस्थित अल नासर क्लबमा साउन ४ गते (२० जुलाई) दिउँसो २ बजेदेखि बेलुकी ८ बजेसम्म कार्यक्रम चल्नेछ।

कार्यक्रममा कुमा सागरका ‘देशप्रेमी’ तथा ‘प्यासनल’ गीतहरू र ख्वप ब्यान्डका मौलिक र लोकधुन मिश्रित प्रस्तुति रहनेछन्। दुबईमा पहिलो पटक यी दुई कलाकार एकै मञ्चमा देखिन लागेकाले कार्यक्रम थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

नेवाः पुचः यूएईका महासचिव कुमार बलामीले यूएईमा रहेका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई कार्यक्रमको सफलता सुनिश्चित गर्न उपस्थित भई साथ दिन हार्दिक अनुरोध गर्नुभएको छ। साथै, उहाँले कार्यक्रमको सफलताको लागि शुभकामना पनि व्यक्त गर्नुभएको छ।

कार्यक्रमको टाइटल स्पोन्सर माउन्ट एभरेस्ट सुपरमार्केट रहेको छ भने विभिन्न सहयोगी संस्थाहरूले कार्यक्रमलाई भव्य बनाउन साथ दिइरहेका छन्।

टिकट जानकारी:

नेवाः पुचः यूएईले टिकट वितरणको जिम्मा लिएको छ।

थप जानकारी र टिकटका लागि सम्पर्क: 0589445276

आयोजकहरुले यो कार्यक्रमलाई केवल कन्सर्ट नभई नेपाली पहिचान, भावना र एकता प्रदर्शन गर्ने अवसरका रूपमा लिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै