उज्यालो नेपालका नायक कुलमान घिसिङ यूएईमा – भेटघाट, अन्तरक्रिया र अभिनन्दन कार्यक्रम हुँदै – Sagarmathapana:: Online News Portal

उज्यालो नेपालका नायक कुलमान घिसिङ यूएईमा – भेटघाट, अन्तरक्रिया र अभिनन्दन कार्यक्रम हुँदै

   २०८२ असार १८ गते  

दुबई — उज्यालो नेपाल का नायक तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यूएईमा विशेष भेटघाट र अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आउनु हुँदैछ।

यूएईमा क्रियाशील नेपाली संघ-संस्थाहरू र आदिवासी समुदायको संयुक्त पहलमा आयोजना गरिने यो कार्यक्रम आगामी आईतबार, जुलाई ६, २०२५ मा हुने भएको छ।

कार्यक्रम दिउँसो २ बजे देखि क्लव SK7, बर दुबई मा आयोजना हुनेछ।

उक्त कार्यक्रममा यूएई लगायत मध्यपूर्वका नेपाली दाजुभाइ-दिदीबहिनीलाई कुलमान घिसिङसंग प्रत्यक्ष भेटघाट गर्न, आफ्नो अनुभव साझा गर्न र उज्यालो नेपाल निर्माणमा उहाँको योगदानबारे सुन्न अवसर मिल्नेछ।

कार्यक्रम प्रवेश निःशुल्क रहेको आयोजकहरूले जानकारी दिएका छन्।

कुलमान घिसिङले यस भ्रमणक्रममा बहराइन, ओमान र कतारका नेपालीहरूसँग समेत प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी गराएका छन्। उहाँले भनेका छन् —

“म तपाईंहरूलाई टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु। तपाईंहरूको जीवन, संघर्ष र सपना बुझ्न र मेरा अनुभवहरू साटासाट गर्न यो यात्रा थालेको हुँ।”

घिसिङ जुलाई २ देखि १३ सम्म मध्यपूर्वका विभिन्न देशमा नेपालीहरूसँग प्रत्यक्ष संवादमा जुट्दै हुनुहुन्छ।

आयोजकहरूले यूएईका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई सफल बनाउन हार्दिक अनुरोध गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै