भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी माओवादी कन्भिन्स भयो, अरुले कुरा बुझेनन्ः रमेश लेखक – Sagarmathapana:: Online News Portal

भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी माओवादी कन्भिन्स भयो, अरुले कुरा बुझेनन्ः रमेश लेखक

   २०८२ असार १८ गते  

काठमाडौं।गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल कन्भिन्स हुँदा पनि अन्य दलले कुरा नबुझेको बताएका छन् । मंगलबार पार्टीेको केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै उनले भिजिट भिसा प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साधिएको बताए । उनले भिजिट भिसा प्रकरणमा अध्यागमनका तत्कालीन प्रमुखमाथि अहिले छानविन चलिरहेको उनले जानकारी गराए । ‘प्रमुख प्रतिपक्षी दल यसमा कन्भिन्स भएको छ। अरुले कुरा बुझ्नु भएको छैन। राजनीतिक ढंगले अघि बढाउनु उचित हुँदैन,’– उनले भने ।

उनले भिजिट भिसा प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी गरे । अख्तियारले भिजिट भिसा प्रकरणमा अनुसन्धान सुरु गर्ने वित्तिकै आफूमाथि संलग्न भएको जसरी प्रचार गरिएको उनलेब ताए । ‘म के निवेदन गर्न चाहन्छु भने यो राजनीतिक संयन्त्रले प्रतिशोध साँध्ने गरी गरेको प्रचारको विषय हो,’– उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै