नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि सुरु – Sagarmathapana:: Online News Portal

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि सुरु

   २०८२ असार १६ गते  

काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) दिउँसो १ बजेबाट सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु हुँदैछ। पार्टीका प्रमुख एजेन्डाहरूमा सरकार सञ्चालन, भ्रातृ संस्थाहरूको स्थिति, र संगठनात्मक विषयहरू रहेका छन्।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले आजको कार्यसमिति बैठकका एजेन्डाहरू तय गरेको हो। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा वर्तमान गठबन्धन सरकारको कार्यसम्पादन, संघीय तथा प्रदेश सरकारका मन्त्रीहरूको कामकारबाहीबारे समीक्षा गरिनेछ।

साथै, क्रियाशील सदस्यता वितरणसम्बन्धी महासचिवद्वारा जानकारी प्रस्तुत गरिने र महाधिवेशन समयमै गर्न नसकेका भ्रातृ संस्थाहरूको तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने निर्णय गरिने उनले बताए।

बैठकले पार्टी संगठन सुदृढीकरण र आगामी रणनीतिबारे समेत महत्वपूर्ण छलफल गर्ने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै