अनमोल र प्रिन्सीको नयाँ अवतार: ‘बाटुलो जून’ को छायांकन सुरु
काठमाडौं—नेपाली चलचित्रप्रेमीहरूका लागि खुसीको खबर! ‘सपना’, ‘करोडपति’, ‘नेपालीबाबु’, ‘म तिमी बिना मरिहाल्छु’, ‘ड्रिम्स’ लगायत दर्जनौं हिट चलचित्रहरूमा दर्शकले देखाएको माया र सद्भावप्रति आभार प्रकट गर्दै निर्माता निर्देशकहरू नयाँ फिल्म लिएर आएका छन्।
शनिबारबाट अभिनेता तथा निर्देशक भुवन केसीको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘बाटुलो जून’ को छायांकन औपचारिक रूपमा चित्लाङबाट सुरु भएको छ।
यस चलचित्रमा अनमोल केसी र प्रिन्सी खतिवडा मुख्य भूमिकामा देखिनेछन्। फिल्म युनिटले शनिबार अनमोल र प्रिन्सीको पात्र लुक्स सार्वजनिक गर्दै दर्शकलाई उत्साहित बनाएको छ। सार्वजनिक लुक्समा उनीहरूलाई फरक शैली र नयाँ गेटअपमा प्रस्तुत गरिएको छ, जसले फिल्म प्रतिको प्रतिक्षा झनै बढाएको छ।
निर्माण पक्षले दर्शकको पुरानो प्रेम र सदासयता यस चलचित्रमा पनि प्राप्त हुने आशा व्यक्त गरेको छ। ‘बाटुलो जून’ लाई उत्कृष्ट बनाउन टिमले सबै मेहनत गर्ने जनाइएको छ।
फिल्मको छायांकन विभिन्न रमणीय स्थलहरूमा गरिने जानकारी निर्माण युनिटले दिएको छ।












