एसईई नतिजा आजै प्रकाशित हुने – Sagarmathapana:: Online News Portal

एसईई नतिजा आजै प्रकाशित हुने

   २०८२ असार १३ गते  

काठमाडौं/राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको छ।

केहीबेरअघिको बोर्ड बैठकले आवश्यक प्राविधिक तयारीसँगै आजै नजिता सार्वजनिक गर्ने गृहकार्य थालेको हो। बोर्डका अनुसार साँझ साढे ५ बजेपछि रिजल्ट प्रकाशन गरिने छ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।योपटक शिक्षकहर”को आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा नजितामा ढिलाइ भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै