नेपाल नागरिकता विधेयक असार १४ गते पारित हुने:गृहमन्त्री लेखक – Sagarmathapana:: Online News Portal

नेपाल नागरिकता विधेयक असार १४ गते पारित हुने:गृहमन्त्री लेखक

   २०८२ असार ११ गते  

काठमाडौं ।बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन् ।  विधेयक छिटो पारित गर्नुपर्ने र अड्काएर राख्न नहुने उनको भनाइ थियो ।

‘मैले पाएको जानकारीअनुसार १४ गते सम्मानित प्रतिनिधि सभामा पेस हुँदैछ । त्यसलाई १४ गते नै पास गर्छौं,’ गृहमन्त्री लेखकले भने, ‘चाँडो भन्दा चाँडो नागरिकताको विषयलाई पनि टुंग्याऔँ । यदी सम्भव हुन्छ भने यो महिनाभित्र यो विधेयकलाई पनि टुंगो लगाऔँ ।’ समितिले छोटो समयमा छलफल गरेर नागरिकता सम्बन्धी विधेयक समितिबाट टुंगोमा पुर्‍याएको बताउँदै १४ गते प्रतिनिधि सभाबाट पारित गर्ने बताएका हुन् ।

सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेश गर्ने वातावरण बनाइदिन गृहमन्त्री लेखकले आग्रह गरेका छन् ।गृहमन्त्री लेखकले प्रहरी यो विधेयक सरकारको प्राथमिकतामा रहेको बताएका छन् । समितिमा आजबाट नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

कविता खड्का,

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै