धादिङ त्रिपुरासुन्दरीमा गरिब किसानलाई बाख्रा वितरण
धादिङ–धादिङको त्रिपुरा सुन्दरी गाउँ पालिकाले ‘गरिब सँग विशेश्वर’ कार्यक्रम अन्तर्गत गरिब तथा पिछडिएका किसानलाई बाख्रा वितरण गरेको छ।
मंगलबार पालिकाले वडा नम्बर १ का ११ जना गरिब तथा पिछडिएका किसानलाई बाख्रा वितरण गरेको हो। स्थानीय सरकारको कृषि प्रोत्साहन र आत्मनिर्भरता अभिवृद्धिको उद्देश्यले सञ्चालित यस कार्यक्रमले ग्रामीण क्षेत्रमा आयआर्जनको अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।

बाख्रा वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष तथा सम्बन्धित कृषि शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। पालिकाले आगामी दिनमा अन्य वडाका किसानलाई पनि समेट्दै कार्यक्रमलाई विस्तार गरिने जनाएको छ।
कार्यक्रमबाट लाभान्वित भएका किसानहरूले जीविकोपार्जनमा टेवा पुग्ने अपेक्षा गरेका छन्। गाउँपालिका अध्यक्षले आगामी दिनमा पशुपालन, सीप विकास र बजार व्यवस्थापनमा समेत सहयोग पुर्याइने बताए।













