प्रधानमन्त्री ओलीले सुरु गरे ह्वाट्सएप च्यानल, आम नागरिकसँग प्रत्यक्ष संवादको तयारी – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री ओलीले सुरु गरे ह्वाट्सएप च्यानल, आम नागरिकसँग प्रत्यक्ष संवादको तयारी

   २०८२ असार ८ गते  

काठमाडौं-प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतासँग प्रत्यक्ष र सहज संवाद गर्न ह्वाट्सएप च्यानल सुरु गरेका छन्। प्रधानमन्त्रीले शनिबारदेखि च्यानल सञ्चालनमा ल्याएको उनका सचिवालयले जानकारी दिएको हो।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक पोस्ट गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई आफ्नो च्यानलमा जोडिन आह्वान गरेका छन्। उनले भनेका छन्, “अब ह्वाट्सएप च्यानलमार्फत् म तपाईंहरूसँग अझ नजिक हुनेछु।”

प्रधानमन्त्रीको ह्वाट्सएप च्यानलमा जोडिने प्रयोगकर्ताहरूले ओलीका विचार, अभिव्यक्ति, कार्यक्रम तथा राजनीतिक गतिविधिबारे नियमित जानकारी पाउनेछन्। सचिवालयका अनुसार, यो च्यानल सुरुवात गर्नुको उद्देश्य जनतासँग सिधा र प्रभावकारी सञ्चार कायम गर्नु हो।

सामाजिक सञ्जालको प्रभावकारिता र लोकप्रियतालाई ध्यानमा राख्दै ओलीले यो डिजिटल माध्यमबाट जनसरोकारका विषयमा सूचना प्रवाह गर्ने रणनीति लिएको देखिन्छ। प्रधानमन्त्रीको यो कदमलाई प्रविधिसँग सँगसँगै जनसंवाद बढाउने प्रयासका रूपमा हेरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै