नारायणी नदीमा बग्दै गरेका पुरुषलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गर्‍यो – Sagarmathapana:: Online News Portal

नारायणी नदीमा बग्दै गरेका पुरुषलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गर्‍यो

   २०८२ असार ८ गते  

चितवन।चितवनको भरतपुर महा-नगर पालिका–१ स्थित नारायणी नदीमा आइतबार एक पुरुषलाई सशस्त्र प्रहरीले जिउँदै उद्धार गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल, आईआरटी पोस्ट पुलचोकबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोले लामाको कमाण्डमा खटिएको टोलीले करीब ४०–५० वर्ष उमेरका पुरुषलाई नदीमा माथिबाट बग्दै गरेको अवस्थामा देखेपछि तत्काल उद्धार गरी सकुशल बचाएको हो।

उद्धारपश्चात उनलाई थप उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य रहेको छ, तर हालसम्म नाम र ठेगाना खुल्न नसकेको बताइएको छ।

सशस्त्र प्रहरीले देखाएको तत्परता र सक्रियताले सम्भावित ठूलो दुर्घटनाबाट ज्यान जोगाउन सफल भएको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै