एमाले धादिङ प्रतिनिधि परिषद् सुरु, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबाट उद्घाटन – Sagarmathapana:: Online News Portal

एमाले धादिङ प्रतिनिधि परिषद् सुरु, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबाट उद्घाटन

   २०८२ असार ७ गते  

धादिङबेँसी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धादिङको नवौं जिल्ला अधिवेशनपछिको पहिलो प्रतिनिधि परिषद् बैठक धादिङबेँसीमा सुरु भएको छ। जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा सुरु भएको बैठकको उद्घाटन एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका हुन्।

कार्यक्रममा जिल्ला अध्यक्ष त्रिपाठीले संगठन, सदस्यता विस्तार, जिल्लामा अन्य पार्टीहरूको प्रभाव र गतिविधिसहितको राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरे। उनले पार्टीको आर्थिक पारदर्शिता उल्लेख गर्दै, एमालेले बैंकिङ प्रणालीमार्फत कारोबार गर्ने, भौचर प्रणालीमार्फत खर्च गर्ने र स्पष्ट आर्थिक गतिविधि राख्ने अभ्यास गरिरहेको जानकारी दिए।

त्यसैगरी, एमाले धादिङ लेखा आयोगका उपाध्यक्ष गोकर्ण दुवाडीले आर्थिक प्रतिवेदन पेश गरेका थिए।

उद्घाटन सत्रमा एमाले केन्द्रीय सदस्य खेम लोहनी, जानुका सिम्खडा, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य जगन्नाथ नेपाल, बागमती प्रदेश सचिव नवराज सिलवाललगायत नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिनिधि परिषद्को अवसरमा जिल्लाका १३ वटै स्थानीय तहबाट २६ जना पुराना नेताहरूलाई सम्मान गरिएको एमाले जिल्ला सचिव राधिका सापकोटाले जानकारी दिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै