पछाडि सरेका अगुवाहरू’: रविको नेतृत्वमा रास्वपाको यात्रा
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले पार्टी गठनका बेला नेतृत्वका लागि नेपालका चर्चित, प्रतिष्ठित अनुहारहरूसँग हारगुहार गरेको खुलासा गरेका छन्। तर, तीमध्ये कसैले पनि अगुवाइ लिन तयार नभएपछि अन्ततः आफूले नै पार्टीको बागडोर सम्हाल्नुपरेको उनको भनाइ छ।
तेस्रो स्थापना दिवसको अवसरमा भैरहवा कारागारबाट पठाइएको लिखित सन्देशमा लामिछानेले भनेका छन्,
“सन्दुक रुइतदेखि कुलमान घिसिङसम्म, राजेश हमालदेखि अनिलकेशरी शाहसम्म, यस्ता कैयौँ व्यक्तिसँग नेतृत्वका लागि अनुरोध गरेँ। तर जब कसैले विश्वास गरेनन्, तब म आफैं सभापति बनेँ।”
यो सन्देशले एउटा गम्भीर प्रश्न उठाउँछ —
कसरी लोकप्रिय अनुहारहरूले विकल्प निर्माणको प्रयासबाट टाढा रहे?
देश परिवर्तनको नाममा सडकदेखि सदनसम्म चर्को आवाज उठाउने यिनै अनुहारहरूले जब संस्थागत नेतृत्वको अवसर पाए, किन पछि हटे?
रवि लामिछानेले पार्टी गठनपछिको अवस्था पनि झल्काउँदै थपे,
“पार्टी खोलेपछि पनि नेतृत्व लिन वा उम्मेदवार बन्न बारम्बार आग्रह गरेँ। कैयौँ ढोका ढकढकाएँ, तर मेरो प्रचारको समय मात्र बर्बाद भयो।”
यो बयान राजनीतिक असहजता मात्र होइन, नेपालको नेतृत्व खोजीमा भएको सार्वजनिक ‘अभिभावकको अभाव’ प्रतीक पनि हो। परिवर्तनको आवाज उठाउनेले नेतृत्व लिन कन्जुस्याइँ गर्दा, रवि लामिछानेजस्ता पात्रहरूले परिस्थितिलाई सम्भाले।
तर यो प्रसंगले अर्को बहस पनि उब्जाउँछ —
नेतृत्वको लागि बोलिने धेरै, उभिने थोरै!
नेपालको राजनीतिक भविष्य यस्तै मौन अगुवाहरूको पछाडि लुकेको छ?












