ओली, नाकाबन्दी र पेट्रोलियम अन्वेषण: एक दूरदर्शी नेताको सपना साकार हुँदै!
काठमाडौं।नेपालको इतिहासमै एक महत्त्वपूर्ण दिन। संविधानसभाबाट नयाँ संविधान जारी भयो। तर, संविधानको खुसी लामो समय टिक्न पाएन। त्यसको केही दिनमै भारतले नेपालमाथि अघोषित नाकाबन्दी थोपर्यो। जनजीवन अस्तव्यस्त बन्यो, पेट्रोलियम पदार्थको चरम अभाव भयो, देश गम्भीर संकटमा पर्यो।
तर संकटकै बीच एक नेताको दूरदृष्टि जन्मिन थाल्यो – केपी शर्मा ओली।
२०७२ असोज २४ गते उहाँ प्रधानमन्त्री बन्नुभयो। संविधान कार्यान्वयन र राष्ट्रियता सुदृढ पार्ने जिम्मा उहाँका काँधमा आयो। त्यही समय थियो, जब उहाँले राष्ट्रनिर्माणको एक बृहत सपना देख्नुभयो – ऊर्जामा आत्मनिर्भर राष्ट्र बनाउने।
चीनसँग ऐतिहासिक सम्झौता

२०७२ चैत पहिलो साता प्रधानमन्त्री ओलीले चीनको भ्रमण गर्नुभयो। त्यही भ्रमणमा नेपालको पेट्रोलियम भविष्यको ढोका खोल्ने एक ऐतिहासिक द्विपक्षीय समझदारी भयो। चीन र नेपालबीच पेट्रोलियम अन्वेषणमा सहयोगको समझदारीमा हस्ताक्षर भयो – जीटुजी मोडलमा।
समझदारी अनुसार, चीनले आर्थिक तथा प्राविधिक सहयोगमा नेपालमा पेट्रोलियम तथा ग्यास अन्वेषण गर्न सहमति जनायो।
यसैअनुसार २०७५ माघमा दैलेख पेट्रोलियम अन्वेषण परियोजना स्वीकृत भयो र २०७६ मा २ अर्ब ४० करोड रुपैयाँको परियोजना सम्झौता भयो।
चिनियाँ जिओलोजिकल सर्भे कम्पनीले नमूना संकलनदेखि विस्तृत अध्ययनको काम अगाडि बढायो।
यो कुनै सामान्य परियोजना थिएन – यो नेपाललाई पेट्रोलियम क्षेत्रमा आत्मनिर्भर बनाउने सपना थियो।
दैलेख: पेट्रोलियमको सम्भावना बोकेको भूमि

२०७२ देखि चिनियाँ टोलीले दैलेखको जलजले लगायतका क्षेत्रमा अनुसन्धान सुरु गर्यो।
२०७२ चैतबाट नै सुरु भएको कामको परिणामस्वरूप प्रारम्भिक प्रतिवेदन आयो –
नेपालमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डार रहेको अनुमान गरिएको छ।
चारवटा मुख्य स्थानमा भएको भण्डारणले ५० वर्षसम्म नेपाललाई पुग्ने ग्यास दिन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ।
ओलीको पुनरावलोकन र विश्वास
२०८० मंसिर १९ गते, केपी शर्मा ओली दैलेख पुग्नुभयो। अन्वेषण स्थलको निरीक्षण गर्दै भन्नुभयो –
“दैलेख केवल ऐतिहासिक महत्वको जिल्ला होइन, समृद्धिको ढोका खोल्ने सम्भावना बोकेको क्षेत्र हो।”
उहाँले थप गर्नुभयो –“यही क्षेत्रले देशको आर्थिक इतिहासमा नयाँ अध्याय लेख्नेछ। तेल र ग्यासको उत्खनन् सुरु भएपछि देशले आत्मनिर्भरता मात्र होइन, समृद्धिको दिशा पाउनेछ।”
नाकाबन्दीको पीडाबाट समृद्धिको यात्रासम्म
भारतको नाकाबन्दीले पारेको पीडा ओलीको नेतृत्वमा पेट्रोलियम आत्मनिर्भरताको सपना बन्यो।
नेपालको धरातलमा ग्यासको स्रोत पत्ता लगाउनु र त्यसलाई उपयोगमा ल्याउनु – त्यो सजिलो थिएन। तर ओलीको दृढ संकल्प र कार्यशैलीले त्यो असम्भव जस्तो लागेको सपना अब साकार हुने चरणमा प्रवेश गर्दैछ।
नेता हरेक देशमा हुन्छन्, तर सपना देख्ने र त्यसलाई साकार पार्ने दूरदर्शी नेता बिरलै जन्मिन्छन्।
केपी शर्मा ओली त्यही श्रेणीमा पर्नुहुन्छ – जसले संकटलाई अवसरमा बदल्दै देशको ऊर्जा भविष्य सुनिश्चित गर्ने बाटो खोल्नुभयो।
समृद्ध नेपालको सपना सजिलो छैन, तर ओलीजस्तो नायक भएको देशका लागि त्यो असम्भव पनि छैन।













