प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन जाने, विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन जाने, विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने

   २०८२ असार ४ गते  

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली आगामी असार तेस्रो साता स्पेन प्रस्थान गर्ने तयारीमा हुनुहुन्छ। उहाँ संयुक्त राष्ट्रसंघद्वारा आयोजना हुने विकासका लागि वित्तपोषण चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन जान लाग्नुभएको हो।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक जानकारी नदिए पनि स्रोतका अनुसार भ्रमणको कार्यतालिका अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री ओली असार २० गतेसम्म फर्किने गरी कार्यक्रम तय भएको जनाइएको छ।

प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवाको पनि सहभागिता हुने बताइएको छ। सम्मेलनमा ५० भन्दा बढी राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF), विश्व बैंक, विश्व व्यापार संगठन (WTO)लगायत क्षेत्रीय तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रमुखहरूको उपस्थिति रहनेछ।

यस सम्मेलनले अतिकम विकसित तथा विकासशील देशहरूको आर्थिक विकासका लागि स्रोत तथा सुविधा सुनिश्चित गर्ने विषयमा विश्वव्यापी छलफल गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै