सन फ्रान्सिस्कोमा नवाह महायज्ञ तथा बौद्ध शान्ति पूजा सम्पन्न,७ लाख डलरभन्दा बढी दान संकलन – Sagarmathapana:: Online News Portal

सन फ्रान्सिस्कोमा नवाह महायज्ञ तथा बौद्ध शान्ति पूजा सम्पन्न,७ लाख डलरभन्दा बढी दान संकलन

   २०८२ असार ३ गते  

सनफ्रान्सिस्को,अमेरिका।गैरआवासीय नेपाली समुदायको सक्रिय सहभागितामा नर्थ अमेरिकन नेपाली कन्ग्रेस (NANC) को आयोजनामा सन फ्रान्सिस्कोमा सम्पन्न नवाह महायज्ञ तथा बौद्ध शान्ति पूजा भव्यतापूर्वक सम्पन्न भएको छ।

नौ दिनसम्म चलेको यस धार्मिक महोत्सवमा हजारौं भक्तजनहरू सहभागी भएका थिए। कार्यक्रममा नेपाली सामुदायिक केन्द्र निर्माणको सहयोगार्थ ७ लाख अमेरिकी डलरभन्दा बढी नगद दान संकलन गरिएको आयोजकले जानकारी दिएका छन्।

यसअघि सन् २०११ र २०१८ मा पनि यस्तै महायज्ञ कार्यक्रमहरू गरी लाखौं डलरको सहयोग संकलन भई सामुदायिक केन्द्रको निर्माणमा टेवा पुर्‍याइएको थियो।

यसपटकको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण आयोजक NANC परिवार, मूल समारोह समिति, बे-एरिया वासी भक्तजन, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्वयंसेवकहरू तथा दानवीर दाताहरूलाई आयोजकले गहिरो सम्मान र साधुवाद प्रकट गरेका छन्।

कार्यक्रमकै विशेष अवसरमा बिन्दास टोलि इभेन्ट को संयोजनमा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी (INCS) अन्तर्गत सान फ्रान्सिस्को च्याप्टर ले विशेष महाभोज कार्यक्रम पनि सम्पन्न गरेको छ।

सो अवसरमा INCS सान फ्रान्सिस्को च्याप्टरका वरिष्ठ उपाध्यक्ष शोब थापा ज्यूले बिन्दास टोलिसँग समन्वय गर्दै सफलतापूर्वक प्रतिनिधित्व गर्नु भएकोमा विशेष आभार व्यक्त गरिएको छ।

त्यस्तै, महाभोज कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने सोनु धितालसहित सम्पूर्ण बिन्दास टोलि इभेन्ट टिमलाई पनि आयोजकले धन्यवाद दिएका छन्।

यस सम्पूर्ण धार्मिक, सामाजिक तथा परोपकारी कार्यक्रमबारे जानकारी दिंदै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी अमेरिकाका संयोजक लक्ष्मण सापकोटाले समुदायको एकता, आस्था र सेवाभावले प्रेरित यस्तो आयोजनाले अमेरिका स्थित नेपालीहरूको सामाजिक अभियान अझ बलियो बनाएको बताउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै