गायिका रचना रिमालको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज – Sagarmathapana:: Online News Portal

गायिका रचना रिमालको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज

   २०८२ असार २ गते  

काठमाडौँ।चर्चित गायिका रचना रिमालको स्वास्थ्यमा सुधार आएपछि उनी अस्पतालबाट डिस्चार्ज भएकी छन्। सानो आन्द्रामा संक्रमण देखिएपछि काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना भएकी रिमाललाई चिकित्सकीय निगरानीमा राखेर उपचार गरिएको थियो।

हालै रुकुम पश्चिमको सानिभेरी गाउँपालिका स्थित बेलटापु महोत्सवमा प्रस्तुति दिन गएकी रिमालको त्यही क्रममा स्वास्थ्य एक्कासी बिग्रिएको थियो। तत्काल नेपालगञ्ज हुँदै काठमाडौँ ल्याइएको रिमालको पेटमा समस्या देखिएपछि केही दिन अस्पतालमै राखेर उपचार गरिएको हो।

रिमालले सामाजिक सञ्जालमार्फत अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएकी छन्। हाल उनी घरमै आराम गरिरहेकी छन् भने स्वास्थ्यमा क्रमिक सुधार भइरहेको परिवार स्रोतले जनाएको छ। गायिका रिमालले चाँडै फेरि स्टेजमा फर्कने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै