नयाँ नेपाली चलचित्र ‘किन लाग्छ माया’ छायांकनको तयारीमा, मुख्य भूमिकामा मेघ सुवेदी – Sagarmathapana:: Online News Portal

नयाँ नेपाली चलचित्र ‘किन लाग्छ माया’ छायांकनको तयारीमा, मुख्य भूमिकामा मेघ सुवेदी

   २०८२ असार २ गते  

काठमाडौं–नेपाली चलचित्र उद्योगमा नयाँ फिल्म ‘किन लाग्छ माया’ निर्माणको तयारीमा जुटेको छ। एस एण्ड एस प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यस फिल्मको छायांकन असारको पहिलो साताबाट सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ।

फिल्मका निर्माता मोनु खड्का हुन् भने निर्देशन कुवेर तामाङले गर्दैछन्। ‘किन लाग्छ माया’ मा सन्जीत भण्डारी, रिचा थापा, जानबी बस्नेत, धिरेन शाक्य, मिस पबीको नामले परिचित पबित्रा साकी, राजेन्द्र खड्की, हिउवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी र विनोद ढकाल लगायतका कलाकारहरुको अभिनय रहनेछ।

फिल्मको मुख्य भूमिकामा म्युजिक भिडियोमा पहिल्यै चर्चा बटुलिसकेका अभिनेता मेघ सुवेदी देखिने छन्। कथावस्तु ‘स्याडो रियर’ कनसेप्टमा आधारित रहने फिल्ममा रामकाजी घिमिरेको कथा, पटकथा तथा संवाद रहनेछ भने रामशरण उप्रेतीको छायांकन, पुष्कर सुनुवारको संगीत र रामजी लामिछाने तथा अभि वाग्लेको कोरियोग्राफी रहनेछ।

एक्सन डिजाइन राजेन्द्र खड्गीले गर्ने छन्।

निर्माण नियन्त्रकमा अर्जुन प्रसाद पोखरेल छन् भने रामशरण कोइराला मुख्य सहायक निर्देशकको भूमिकामा रहनेछन्। दीप्त प्रकाश अधिकारी र सुवास गोतामे सहायक निर्देशक रहनेछन्।

फिल्मको छायांकन काठमाडौं, पोखरा, चितवन, पूर्वी नवलपरासी र मुस्ताङ लगायतका रमणीय स्थानमा गरिनेछ।

‘किन लाग्छ माया’ ले दाजुभाइबीचको सम्बन्ध, आपसी जिम्मेवारी र त्यागको कथालाई केन्द्रमा राख्नेछ भने सामाजिक विषयवस्तुलाई पनि गहिरो रुपमा प्रस्तुत गर्ने निर्माण पक्षको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै