देउवाको टिप्पणी :“नेपालमा अब वास्तविक कम्युनिष्ट छैनन्” – Sagarmathapana:: Online News Portal

देउवाको टिप्पणी :“नेपालमा अब वास्तविक कम्युनिष्ट छैनन्”

   २०८२ जेष्ठ ३१ गते  

काठमाडौँ—नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अब ‘वास्तविक कम्युनिष्ट’ नरहेको दाबी गरेका छन्।

बिहीबार नेपाल शिक्षक संघको २४औँ संघीय प्रतिनिधिसभालाई सम्बोधन गर्दै देउवाले अहिलेका कम्युनिष्टहरू विगतका जस्ता ‘क्रान्तिकारी’ नभई ‘डेमोक्रेटिक’ भइसकेको बताए।

“विश्वभर नै कम्युनिष्ट विचार समाप्त हुँदैछ, तर नेपालमा भने झन् बढिरहेका छन्। तर ती पनि अब पुराना अर्थमा कम्युनिष्ट छैनन्,” देउवाको भनाइ थियो।

उनका अनुसार अहिलेको संविधानले नै बहुदलीय लोकतान्त्रिक प्रणालीलाई संस्थागत गरिसकेको छ। त्यसैले यस्तो व्यवस्थामा क्रियाशील दलहरूलाई अझै पनि कम्युनिष्ट भनिरहनुपर्ने कारण नरहेको उनको तर्क थियो।

“आजका कम्युनिष्टहरू लोकतान्त्रिक प्रणालीभित्रै छन्। व्यवहारमा हेर्दा तिनीहरू पनि हामीजस्तै लोकतान्त्रिक पद्धतिको अभ्यासमा छन्,” उनले स्पष्ट पारे।

उनको यस्तो अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ बहसको सुरुवात गर्ने देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै