संसद गतिरोध अन्त्यतर्फ : भिजिट भिसा प्रकरणमा मूर्त छानबिन समिति बने निकास सम्भव — प्रमुख सचेतक परियार – Sagarmathapana:: Online News Portal

संसद गतिरोध अन्त्यतर्फ : भिजिट भिसा प्रकरणमा मूर्त छानबिन समिति बने निकास सम्भव — प्रमुख सचेतक परियार

   २०८२ जेष्ठ ३० गते  

काठमाडौं —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संसदको हालको गतिरोध अन्त्यका लागि भिजिट भिसा प्रकरणमा मूर्त रुपमा छानबिन समिति गठन आवश्यक रहेको बताएका छन्।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सत्ता पक्ष अध्ययन वा छानबिन समिति बनाउन तयार देखिएको उल्लेख गरे। “यदि छानबिन समिति साँच्चिकै गठित हुन्छ भने संसदको गतिरोध अन्त्य हुन्छ,” परियारले भने।

उनका अनुसार भिजिट भिसा प्रकरण गम्भीर विषय भएको र यसमा उच्चस्तरीय छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने आवश्यकता छ। “सर्वपक्षीय स्वीकार्य ढंगले समिति बन्यो भने समाधान सम्भव छ,” उनले स्पष्ट पारे।

परियारले प्रतिपक्षी दलहरुले उठाएका मागहरूलाई न्यायपूर्ण तरिकाले सम्बोधन गर्नेगरि सत्ता पक्ष सहमत भए निकास खोज्न गाह्रो नहुने धारणा राखे। साथै, उनले विपक्षी दलहरु अझैसम्म एउटै धारमा रहेको बताए।

संसदमा भिजिट भिसा प्रकरणसँग सम्बन्धित मुद्दा तीव्र बनेको छ भने यो विषयमा प्रभावकारी छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरुले निरन्तर दबाब दिइरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै