गायक घमेश दुलाल र रचना रिमालको स्वरमा ‘मौरी रसैमा…’ सार्वजनिक
काठमाडौं-लोकप्रिय गायक घमेश दुलाल र चर्चित गायिका रचना रिमालको आवाजमा सजिएको नयाँ रोमान्टिक लोकदोहोरी गीत ‘मौरी रसैमा…’ सार्वजनिक भएको छ। गीतको भिडियो श्याम प्रसाद तिमल्सिनाको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो।
गीतमा अशोक कुमार सापकोटाको मन छुने शब्द तथा श्याम प्रसाद तिमल्सिनाको संगीत रहेको छ। यस गीतको संगीत संयोजन नारायण दंगालले गरेका छन् भने, मनोज परियारले मिक्सिङ र माष्टरिङ गरेका छन्। रेकर्डिङ कार्य दिल बहादुर सार्कीले सम्हालेका हुन्।
गीतको भिडियो पक्ष पनि आकर्षक बनाइएको छ। भिडियोमा गीता ढुंगाना र अभिषेक खड्काको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन अशोक कुमार सापकोटाले गरेका छन्। त्यस्तै, छायांकन मुकेश हुमागाईं, कोरियोग्राफी माधव श्रेष्ठ, सम्पादन र कलरिङ राजेन्द्र पुरीले गरेका छन्।
‘मौरी रसैमा…’ ले श्रोतादर्शकको मन जित्ने विश्वास लिइएको छ, किनकि यसले मौलिकता, आधुनिकता र भावनात्मकता तीनै पक्ष समेटेको छ।












