देशभरको सर्वेक्षण: ७४.१८ प्रतिशत युवाको विश्वास — ‘बालेन शाहले मात्र समाधान गर्न सक्छन् देशका समस्या’ – Sagarmathapana:: Online News Portal

देशभरको सर्वेक्षण: ७४.१८ प्रतिशत युवाको विश्वास — ‘बालेन शाहले मात्र समाधान गर्न सक्छन् देशका समस्या’

   २०८२ जेष्ठ २९ गते  

काठमाडौं—हालै देशभर गरिएको एक सर्वेक्षणमा देखिएको छ कि औसतमा ७४.१८ प्रतिशत युवाले देशका वर्तमान समस्या र चुनौतीहरूको समाधान काठमाडौंका मेयर बालेन शाहले मात्र गर्नसक्ने विश्वास व्यक्त गरेका छन्।

१३ वर्षदेखि २८ वर्ष उमेर समूहका युवाहरू, जसलाई ‘जेन–जी’ पुस्ता मानिन्छ, बालेनलाई आफ्नो पहिलो रोजाइको नेताको रूपमा देखाएका छन्। राजनीतिक दलप्रति वितृष्णा र विकल्पको खोजीमा रहेका युवाहरूको नजरमा बालेन शाह नयाँ सम्भावना र परिवर्तनको प्रतीक बनेका छन्।

सातवटै प्रदेशमा गरिएको सर्वेक्षणमा बालेनको लोकप्रियता समान रूपमा देखिएको छ। प्रदेश १ देखि सुदूरपश्चिमसम्म उनी अधिकांश सहभागीहरूको पहिलो रोजाइमा परेका छन्। सर्वेक्षणमा सहभागी युवाहरूले बालेनको इमानदार छवि, स्पष्ट धारणा, र प्रविधिमैत्री शैलीलाई उच्च मूल्यांकन गरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार बालेनको लोकप्रियता बढ्नुमा पारम्परिक राजनीतिक नेतृत्वप्रति घट्दो विश्वास, युवाहरूको असन्तुष्टि, र परिवर्तनको चाहनाले भूमिका खेलेको हो।

विशेषज्ञहरू भन्छन्, “यदि यस्तै लहर कायम रह्यो भने आगामी चुनावमा युवाहरूको प्राथमिकता स्पष्ट देखिनेछ र त्यसले नेपालको राजनीतिक नक्सा परिवर्तन गर्न सक्छ।”

सर्वेक्षणको विस्तृत रिपोर्ट आउँदैछ, जसले बालेनको लोकप्रियताको क्षेत्रगत तथा सामाजिक आयामहरू झन् प्रष्ट पार्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै