कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने माओवादी सांसदको प्रस्ताव, ओलीको रणनीतिको खुलासा
काठमाडौँ।नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद सूर्यमान दोङ्ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि उठेका प्रश्नहरुको उत्तर आउनुपर्ने बताएका छन् । मंगलबार विहान प्रसारण भएको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले प्रश्न उठेपछि गृहमन्त्रीले राजीनामा दिएको भए राम्रो हुनेथियो भन्ने तर्क गरे ।
उनले आन्तरिक अन्तरविरोधको कारण राजीनामा नदिएर गृहमन्त्री लेखक फसेको टिप्पणी गरे । उनले भिजिट भिसा प्रकरणमा ०६४ यताका सबै गृहमन्त्रीहरुको बारेमा स्पष्ट हुनुपर्ने र त्यसको लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मत रहेको सुनाए । उनले आफुहरुले यो प्रकरणमा आफ्नो अडान नछोडेको जिकिर गरे ।
उनले कांग्रेस र एमालेबीचको यो गठबन्धन ०८४ सालसम्म कायम रहोस भन्ने चाहना रहेको सुनाए । उनले कांग्रेस संसद्को सबैभन्दा ठूलो दल भएकोले उसको नेतृत्वमा सरकार बन्दा माओवादीलाई कुनै आइतबार नहुने मत राखे । उनले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको योजना र रणनीतिबारे आफूहरु जानकार रहेको बताए ।
प्रधानमन्त्री ओलीले माधव नेपालको पार्टीलाई टुक्रा टुक्रा पार्ने रणनीति रहेको सुनाए । माधव नेपालको पार्टीलाई आफ्नो दलमा समाहित गरेर ओलीले ठूलो पार्टी बनाउनेगरि ओली अघि बढेको उनको भनाई छ












