तीन दिनमा तोडयो हाउसफूलः५ ले १० बलिउड फिल्मको रेकर्ड
मुम्बई, बलिउड सुपरस्टार अक्षय कुमारको मल्टिस्टार कमेडी फिल्म ‘हाउसफुल ५’ हलमा रिलिज भएको चार दिन भइसकेको छ । यो फिल्मले हलमा निरन्तर ठुलो कमाई गरिरहेको छ ।
फिल्मको तेस्रो दिनको बक्स अफिस रिपोर्ट आउँदा नै यसले तरङ्ग मच्चाउन सफल भएको छ । रिलिजको तेस्रो दिनमा नै ‘हाउसफुल ५’ ले कमाईको मामिलामा अजय देवगनको ‘रेड’ मात्र नभई सलमान खानको ‘सिकंदर’लाई पनि पछाडि छाडिसकेको यस बाहेक अन्य ८ चलचित्रको रेकर्ड पनि तोडि दिएको छ । अक्षय कुमारको कमेडी फ्रेन्चाइजी फिल्म ‘हाउसफुल ५’ ले ओपनिङको दिनमा उत्कृष्ट सुरुवात गरेको थियो र यो फिल्म लामो दूरीको घोडा हो भन्ने प्रमाणित गरिसकेको छ । सैकनिल्कको रिपोर्ट अनुसार यो फिल्मले ओपनिंग दिनमा २४ करोडको उत्कृष्ट कलेक्सन गरेको थियो भने फिल्मले शनिबार अर्थात दोस्रो दिन ३१ करोड रुपैयाँ कमाएको थियो भने आइतबार तेस्रो दिन फिल्मले ३२ करोड रुपैयाँ कमाएर नयाँ रेकर्ड बनाएको हो ।












