राष्ट्रपति पौडेलको मुटुको चाल कम, २४ घण्टा डाक्टरको अब्जर्भेसनमा रहने – Sagarmathapana:: Online News Portal

राष्ट्रपति पौडेलको मुटुको चाल कम, २४ घण्टा डाक्टरको अब्जर्भेसनमा रहने

   २०८० असार २ गते  

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चालमा कमी आएको छ । शुक्रबार राति एक्कासी स्वास्थ्यमा समस्या आएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको राष्ट्रपति पौडेलको मुटुमा समस्या देखिएपछि उनलाई चिकित्सकले २४ घण्टे अब्जर्भेसनमा राखेका छन् ।

गत मंगलबार हृदयघात भइ सहिद गंगालाल मुटुरोग अस्पतालमा भर्ना भइ बुधबार डिस्चार्ज गरिएका पौडेल शुक्रबार राति अस्वस्थ भएपछि उनलाई शनिबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो । उनलाई अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेल र वरिष्ठ मुटुरोग विशेषेज्ञ डा. भगवान् कोइरालाको निगरानीमा राखिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको थियो । त्यहाँ पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो ।

गत फागुन २५ गते देशको चौथो कार्यकालका लागि तेश्रो राष्ट्रपतिमा निर्वाचित भएका पौडेल त्यसयता अस्वस्थ हुँदै आएका छन् । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।

उनी बैशाख ५ गते अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो भने थपउपचारकालागि ६ गते याँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा लगिएको थियो । राष्ट्रपति पौडेल उपचारपछि बैशाख १७ गते राति स्वदेश फर्किएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै