भारतीय विदेश सचिव क्वात्राद्वारा पशुपतिनाथको दर्शन
काठमाडौं । सोमबार दुई दिने भ्रमणको लागि नेपाल नेपाल आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले आज पशुपतिनाथको दर्शन गरेका छन् ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन थापाले भारतीय विदेश सचिव क्वात्राले पशुपति क्षेत्रको भ्रमण गरेको जानकारी दिए । न्युज हाउस नेपालसँगको कुराकानीमा थापाले आज नेपाल भ्रमणमा आएका क्वात्रालाई आफूहरुले पशुपति स्वागत गरेको बताउँदै कोषले शिवरात्रिको भव्य तयारी गरिरहेका बेला भएको उच्च स्तरको भ्रमणले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
आफूहरुले उनलाई पशुपतिको हेरिटेजसँग सम्बन्धित पुस्तक पनि हस्तान्तरण गरेको जानकारी सदस्य सचिव थापाले दिए । उक्त पुस्तकमा पशुपति भित्र कस्ता किसिमका सम्पदा छन् भन्ने खोजमूलक सामाग्री समेटिएको उनलो बताए । त्यहाँका सम्पदाहरुको राष्ट्रिय तथा अनत्र्राष्ट्रिय स्तरमा प्रचार प्रसार होस् भन्ने उद्धेश्यले उक्त पुस्तक प्रकाशन गरेको थापाले बताए ।
हिन्दु धार्मवलम्बीहरुको मुख्य चाडमै पर्ने शिव भगवानको उत्सवको बेलामा बिदेशी पाहुनालाई स्वागत गर्न पाउनु गौरवको विषय भएको उनले दोहोर्याए ।
परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा आज नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव क्वात्राले आज परराष्ट्रमन्त्री विमला राई पौड्याल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । त्यसपछि आजै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी ओलीलाई पनि भेट्ने कार्यक्रम छ ।
मंगलबार उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा। सीके राउतलाई भेट्ने तालिका रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादवसहित अन्य नेताहरूसँग पनि भेटघाट गर्ने सम्भावना रहेको बताइएको छ ।












