डेनमार्कका रोजगार मन्त्रीसँग नेपाली समुदायको अन्तरक्रिया – Sagarmathapana:: Online News Portal

डेनमार्कका रोजगार मन्त्रीसँग नेपाली समुदायको अन्तरक्रिया

   २०७९ कार्तिक १४ गते  

बार्सिलोना । डेनमार्कका रोजगारमन्त्री पिटर हुमलगार्डले शनिबार नेपाली समुदायसँग कोपेनहेगनमा अन्तरक्रिया गरेका छन्। एनआरएनए डेनमार्कको आयोजना सम्पन्न अन्तरक्रिया कार्यक्रममा मन्त्री पिटरले डेनिस सरकारको रोजगारी निति बारेमा बोलेका हुन्।

मंगलबार हुने डेनमार्कको संसदीय चुनावको पूर्वसन्ध्यामा सोसल डेमोक्रेट्सका नेता समेत रहेका उनले आफ्नो चुनावी प्रचार समेत गरे। मन्त्री पिटरले आगामी सरकार आफ्नै पार्टीको नेतृत्त्वमा गठन गर्न सके अझ प्रभावकारी रोजगारी नीति ल्याउने घोषणा समेत गरे।

मन्त्री पिटरले डेनमार्कको विकासका लागि नेपाली समुदायले पनि श्रम खर्चेको भन्दै आगामी दिनमा पनि अझै सहकार्य गर्ने प्रतिवद्वता व्यक्त गरे। अन्तरक्रिया कार्यक्रममा सोसल डेमोक्रयाट्सका स्थानीय नेता हरि न्यौपानेले स्वागत मन्तव्य राखेका थिए। एनआरएनए डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारीले संचालन गरेको डेनमार्कस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै