आर्थिक वर्ष २०७९–८० को बजेट आज
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट आइतबार दिउँसो ४ बजे प्रस्तुत गर्ने भएको छ । सरकारले संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९–८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् ।
आर्थिक वर्ष २०७९–८० को राजस्व र व्ययको वार्षिक अनुमान मिति २०७९ जेठ १५ गते आइतबार दिनको ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने कार्यक्रम रहेको छ ।
हालै स्थानिय निर्वाचनको परिणामबाट हौसिएका कांग्रेस माओवादीले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनलाई प्रभावित पार्न पपुलर कार्यक्रम ल्याउने तयारी गरेको हो ।












