कार्तिक १ गतेदेखि भाइटीका सम्म काठमाडौंका ३२ स्थानमा फूलमाला बिक्री हुने
काठमाडौं-आगामी कार्तिक १ गतेदेखि भाइटीका सम्म किसानहरूले आफ्नै उत्पादन गरेका फूल–मालाहरू काठमाडौं महानगरपालिकाले तोकेको ३२ स्थानबाट बिक्री वितरण गर्न पाउने भएका छन्।
महानगरपालिकाले आगामी तिहार पर्वलाई लक्षित गरी स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न यी स्थानहरू तोकेको हो। यसले व्यापारी तथा किसानलाई सहज रूपमा आफ्ना उत्पादन बिक्री गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

फूलमाला बिक्रीका लागि तोकिएका स्थानहरू यसप्रकार छन्:
एन.भी. सेन्टर (नयाँ बानेश्वर), बिग मार्ट (शंखमूल), आइ प्लेक्स मल (नयाँ बानेश्वर), सेल्सबेरी (मध्यबानेश्वर), फोनेक्स टावर (बत्तीसपुतली), तिनकुने चौर (तिनकुने), सिफल चौर (सिफल), एसी कम्प्लेक्स (चाबहिल), चाबहिल गणेशस्थान तरकारी बजार, के.एल. टावर पूर्व (चाबहिल), चाबहिल सेन्टर अगाडि, धर्म चक्र पार्क (स्वयम्भू), कालिमाटी ब्याङ्क्वेट (कालिमाटी), द्यौखेल (कालिमाटी), भाटभटेनी (कलङ्की), भ्याली कोल्ड स्टोर (नयाँ बजार), बुद्ध महल (माछापोखरी), गुणस्तर खाल्डो (माछापोखरी), वडा ५ अगाडिको डबली (हाँडीगाउँ), गणेश मन्दिर डबली (हाँडीगाउँ), कोइराला स्मार्ट (सामाखुशी), सेल्सबेरी (महाराजगञ्ज), बिग मार्ट (गङ्गबु), बिग मार्ट (चपलकारखाना), बिग मार्ट (बालुवाटार), आइटी भवन (कमलादी), स्टार मल (पुतलीसडक), भाटभटेनी (अनामनगर), टेवाल मन्दिर (सुन्धारा), काठमाडौं महल (सुन्धारा), वडा कार्यालय निर्माण स्थल (अद्धेतमार्ग), र बजरा कम्प्लेक्स (न्यू प्लाजा–गुडमार्ट)।
महानगरका अनुसार यी स्थानहरूमा स्थानीय किसानले सिधै बिक्री गर्न पाउने छन्, जसले आयातित माला र फूलको तुलनामा स्थानीय उत्पादनलाई प्राथमिकता दिने वातावरण निर्माण हुनेछ।












